संक्षिप्त परिचय
परिचय
- जिल्ला : रामेछाप
- जिल्ला सदरमुकाम : मन्थली
- अञ्चल : जनकपुर
- विकास क्षेत्र : मध्यमाञ्चल
- प्रदेश : वागमती
सिमाना
- पूर्व : ओखलढुङ्गा र सोलुखुम्बु जिल्ला
- पश्चिम : काभ्रेपलान्चोक जिल्ला
- उत्तर : दोलखा, सिन्धुपाल्चोक जिल्ला
- दक्षिण : सिन्धुली जिल्ला
जिल्लाको नामाकरण तथा ऐतिहासिक सन्दर्भ
- रामेछाप शब्द दुई ओटा नेपाली शब्द राम र छापबाट भएको हो । एक अनुश्रुती अनुसार प्राचिन समयमा साविक रामेछाप गा.वि.स को मुख्य स्थान रामेछाप डांडाको वरपर तामाङ जातिको वसोवास रहेको (हाल सम्म रहेको) र त्यहाँ राम भन्ने एक जना तामाङले तत्कालिन राजा रजौटाहरुबाट त्यस स्थानको मूख्यालीको रुपमा विर्ता पाएका थिए। उनीबाट नै त्यस स्थानको भोग चलन, जिम्बाली र छाप समेत चल्दथ्यो । राम भन्ने ती व्यक्तिका छाप चल्ने भएकाले अन्यबाट त्यहाँ आई बसोबास गर्ने व्यक्तिले उनबाट ने अनुमति लिई छाप लगाई प्रमाणित गरेर मात्र बस्नु पर्ने भएकाले त्यस स्थानको नाम पनि रामसंग जोडिन पुग्यो । यसरी विस्तारै बिस्तारै जन जिब्रोले बोली रहने सोहि राम छाप शब्द अपभ्रंश भइ यस स्थानको रामेछाप जिल्ला नामाकरण रहन गएको ।
- अर्को अनुश्रुती अनुसार रामेछाप डाँडा वरिपरि प्राचिन कालदेखि तामाङहरुको बसोबास रहेको र उनिहरुले मुख्य रुपमा गाई, गोरु, भेडा र बाख्रा पाल्ने भएकाले त्यस क्षेत्रको कतिपय स्थान चरण खर्कको रूपमा प्रयोग गरे । तामाङ्ग भाषामा "रा" (Ra) भनेको भेडा र “मे” Mey) भनेको गाई र गोरु र "छावा” (Chhawa) भनेको बाखा, गोरु र तिनीहरुका स-साना पाठा पाठी बाच्छा, बाच्छी जनाउने र बोलीचालीमा सो शब्द अपभ्रंश भई उक्त घाँसे मैदानलाई नै रामेछाप भनिएको र पछि सोही ठाँउलाई रामेछाप नामाकरण भई जिल्लाको नाम समेत रामेछाप रहन गएको ।
- ऐतिहासिक कालमा किरात वंशी राजाहरुले राज्य संचालन गरेकोले तत्कालिन अवस्थामा यो जिल्लाको नाम 'किरात रामेछाप' भन्ने गरिएको ।
- राणाकालमा रामेछापमा माल अड्डा देखि गौडा गोश्वाराको कार्यालय समेत रहि २०१८ साल अघिसम्म राज्यका ३५ वटा तहसिल जिल्ला मध्ये पहाडका २३ जिल्ला मित्र पूर्व २ नं. रामेछाप लगायत दोलखा र सिन्धुली समेतको सम्पूर्ण प्रशासनिक कार्य हेर्ने गरी रामेछाप डाँडामा अड्डा राखिएको हो ।
भौगोलिक वनावट
भौगोलिक अवस्थिति
- उचाई : समुन्द्र सतहबाट ३७९ मी. (कोलोन्जोरघाट देखि ६९५८ मी. (नुम्बुरचुली हिमाल सम्म क्षेत्रफल: १,५६४.३२ व.कि.मि.
- देशान्तर : ८५° ५० देखि ६३५ पूर्व सम्म
- अक्षांस : २७ २८ देखि २७५०' उत्तर सम्म
- आकार : हलो आकार
हावापानी
- अल्पाईन (१० सेन्टिग्रेटदेखि कम) : ४.८%
- ठण्डा शितोष्ण हावापानी (१५-२० से.) : १३.८%
- उष्ण अर्धशितोष्ण हावापानी (१५९-२०° से.) : ५१.४%
- समशितोष्ण हावापानी (२०-४० से.) : २८.७%
- अन्य : १.२%
जिल्लाको भू-उपयोग पद्धति
- जिल्लाको कूल क्षेत्रफल : १५६४३२ हे.
- वन क्षेत्र : ५४१०२ हे. (३४.५८%) (LRMP 1986)
- वन क्षेत्र : ६५२४८ हे. (४१.७१% (DFRS, 2015)
- कृषि योग्य जमिन : ५०९८० हे. (३२.५९%)
- झाडी, वुट्यान, चरण र अन्य : ५१३५० हे. (३२.८३%)
जिल्लाको वन ब्यबस्थापन पद्धति अनुसार वन क्षेत्र
- सामुदायिक वन : ४२७ वटा ३२,३०५.३२ हे.
- कवुलियती वन : ४५१ वटा (२६५२.९० हे.)
- धार्मिक वन : ३ वटा (२१३.९८ हे.)
- निजी वन : ४७वटा (६२.५५ हे.)